एजेन्सी – उत्तर प्रदेशमा एक महिलालाई बलातकारपछि धर्म परिवर्तन गराइएको छ । उत्तर प्रदेशको सहारनपुरमा बलात्कारपछि धर्म परिवर्तन गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बलात्कारपछि आरोपीहरूले अश्लील भिडियो बनाएर महिलालाई ब्ल्याकमेल गरेर पैसा माग्दै आइरहेका थिए । सहारनपुरमा ग्रामीण पुलिस स्टेशन क्षेत्रकी एक महिला गाउँको एउटा सार्वजनिक सेवा केन्द्रमा प्यानकार्ड लिन गएकी थिइन् । जहाँ उनले गाउँका अहमदलाई भेटिन् ।
प्यानकार्ड बनाइ दिने बहानामा अहमदले उनलाई धेरै दिनसम्म घुमाए । अहमदले प्यानकार्ड लिन सहारनपुर जानु पर्ने बताए । सहरनपुरको एउटा होटलमा लगेर अहमदले उनलाई बलात्कार गरे र अश्लील भिडियो बनाएर ती महिलालाई ब्ल्याकमेल गरेका थिए ।
पीडित महिलाले उनका आफन्त शबाना, रफिक, अश्राफ, युनुस, युसुफ, सेहवान, मोतीलालले बन्धक बनाएको बताएकी छन् । यस पछि हिन्दु धर्म मान्ने ती महिलालाई मुजफ्फरनगरको एउटा धार्मिक ठाउँमा लगियो र धर्म परिवर्तनका लागि एक कागज हस्ताक्षर गराइयो ।
पछि आरोपितले उसलाई गाउँमा लगे र बगैचामा बन्धक बनाए । सीओ दुर्गाप्रसाद तिवारीले मुख्य अभियुक्त मोहम्मद अहमद, अशरफ, राजिक र मोतीलाल पक्राउ गरेका बताएका छन् । यस मुद्दाका छ जना आरोपी फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया