यो होलीमा कोरोना होइन, माया बाँडौंः स्वास्थ्य मन्त्रालय

यो होलीमा कोरोना होइन, माया बाँडौंः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै यसपटकको होली सजगताका साथ मनाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन आग्रह गरेको हो ।

‘कोरोना संक्रमणको खतरा हुलहरुमै बढी हुन्छ, कोरोनालाई फैलिन नदिऔँ, सजगताका साथ होली मनाऔँ,’ स्वाथ्य मन्त्रालयले भनेको छ, ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौँ, माया बाँडौँ, कोरोना होइन ।’

पछिल्लो दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सरकारले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नेपालमा पनि कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।