काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनमा फिर्ता लिने बताएका छन् ।
नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा फिर्ता लिने बताएका हुन् ।
‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ । हतार गरेर समर्थन फिर्ता लिइस् भने भद्रगोल हुन्छ भनिरहेका छन् तर अब म धेरै दिन कुर्ने वाला छैन । राजनीति जतासुकै जाओस्, छिट्टै अगाडि बढ्छु । छिट्टै अगाडि बढ्छु । सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु ।’
जनता एक भएर अघि बढेकाले केपी ओलीले गरेको सेटिङ भत्किएको भन्दै प्रचण्डले ओलीको प्रतिगमनविरुद्ध साझा धारणा बनाउनुपर्ने बताए । प्रतिनिधि सभा पुनःस्थापना पछि ओलीले राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनको भनाइ छ ।
‘पुनःस्थापना भएपछि पधानमन्त्रीले राजीनामा दिनु हुने सोचेका थियौँ । हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौं,’ उनले भने, ‘दोस्रो योजना हामीले नबाएकै हो । यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ । हामीले जे सोचेका थियौ त्यो भएन ।’




प्रतिक्रिया