काठमाण्डु– चीनले नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ। नेपाल सरकारले उक्त खोप लिनको लागी नेपाल एयरलाइन्सको जहाज चीन पठाउने तयारी गरेको छ ।
नेपालका लागि चिनियां राजदूत होउ यान्छीले चीनले सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिएकी हुन्।
सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै राजदूत यान्छीले उक्त खोप छिट्टै नेपाल पुग्ने बताएकी हुन । चीन सरकारले यसअघि नै नेपाललाई ८ लाख डोज सिनोफार्मले उत्पादन गरेको खोप दिने घोषणा गरेको थियो ।





प्रतिक्रिया