काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल मुलुकमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भुभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अपराह्न पश्चात देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया