प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्रदेशसभा सचिवालयका अनुसार गत चैत १ गते स्थगित भएको प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे बस्नेछ ।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो । अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।