सैनिक सरकारले म्यानमारमा गरेको दमनको विरुद्धमा नेपाली कांग्रेस

सैनिक सरकारले म्यानमारमा गरेको दमनको विरुद्धमा नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आईतबार एक विज्ञप्ति जारी गर्दै सैनिक सरकारका गतिविधि अमानवीय भएको जनाएका छन् ।

म्यानमारमा सैनिक सरकारले पछिल्ला केही दिनयता नागरीकमाथी अन्धाधुन्द गोली चलाएर दमन गरिरहेको छ । सैनिक सरकारको दमनको संसारभर आलोचना भइरहेको छ ।

प्रवक्ता शर्माले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न माग समेत गरेका छन् । उनले लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दवाब बढाउन आवश्यक देखिएको उल्लेख गरेका छन् ।