आइतबार थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

आइतबार थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।

विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।