एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी–एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको आजको बैठक स्थगित भएको छ । एमालेको पार्टी विधान अनुसार भन्दै नेकपा (एमाले) का प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बैठक बोलाएका थिए । नेकपा एमालेका नेता एवंम् प्रदेश सांसद झपड बोहराले सांसदहरु होलीको कार्यक्रममा विभिन्न जिल्ला पुगेकाले बैठक स्थगित भएको बताए । उनले चांडै नै संसदिय दलको बैठक बस्ने जानकारी दिए ।

दलको विधान तर्जुमा नभएको वर्तमान अवस्था र हाल उत्पन्न विशिष्ठ परिस्थितिमा केही महत्वपूर्ण वैठक गर्नु पर्ने भएको भन्दै थापाले सांसदहरुलाई पत्र लेखेरै सोमबार (आज) दिउँसो १ बजे बैठकमा आउन आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस-

सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी,बोहरा मुख्यमन्त्री बन्दै