काठमाण्डु – सरकारले भोलिदेखि देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदुषण बढेसँगै बालबालिकालाई प्रदुषणबाट बचाउन शिक्षा तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।
यसअघि चीनले अनुदानमा दिएको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द गर्ने तयारी भइरहेको बताएका थिए । वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ ।
सरकारले यसअघि नै प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन अपिल गरेको थियो ।




प्रतिक्रिया