काठमाण्डु – सरकारले थुनामा रहेका रेशम चौधरी लगायतको रिहाइका लागि वार्ता टोली गठन गरेको छ ।
थारुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी रहेका छन् ।
सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठन बारे जानकारी दिएका हुन् ।




प्रतिक्रिया