काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पाटीको निती विपरित काम गरेको भन्दै दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरेका हुन ।
एमालेले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।
नेपाल र रावल कार्वाहीमा परेको पत्र पाएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले दुई घण्टा कोटेश्वरमा छलफल गरेका थिए ।




प्रतिक्रिया