ओली गुटको मात्र अध्यक्ष हुन, उनले गरेको कार्वाहीको अर्थ हुंदैन : माधव नेपाल

ओली गुटको मात्र अध्यक्ष हुन, उनले गरेको कार्वाहीको अर्थ हुंदैन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन् । उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि उनको यस्तो धारणा आएको हो ।

‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन,यसबारेमा मलाई जानकारी पनि छैन । ओली एमालेको अध्यक्ष नै होइनन।’ नेता नेपालले भने । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले तपाईलाई एमालेबाट निष्काशन गरिएको हो भन्ने प्रश्नमा उनले भने- ‘कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’

नेता नेपालले ओली अहिले गुटको अध्यक्ष भएको र उनले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दावी गरे । केन्द्रिय कमिटी नै विघटन गरेका व्यक्तिले कार्वाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनले बताए । गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने हुंदा कारवाही वा निलम्बनको कुनै अर्थ नहुने नेपालको भनाई छ ।