नेकपा बदरको फैसलाविरुद्ध आज सर्वोच्च जाँदै प्रचण्ड

नेकपा बदरको फैसलाविरुद्ध आज सर्वोच्च जाँदै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गर्ने भएको छ ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पुनरावलोकनको निवेदन दर्ता गर्ने भएका हुन् ।

कानुन व्यवसायीसहित माओवादी केन्द्र मंगलबार बिहान सर्वोच्च अदालत जाने तयारीमा रहेको कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले जानकारी दिए ।

अध्यक्ष प्रचण्डसहितका नेताहरू मंगलबार बिहान ११ बजे पुनरावलोकनको निवेदन लिएर अदालत जाँदैछन् । फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।

सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावकलोमा जान सुझाव दिएका थिए ।