काठमाण्डु – सरकारले थारू कल्याणकारिणी सभाका प्रतिनिधिसँग वार्ता गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सरकारी वार्ता टोली र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच आज दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने जानकारी दिए ।
कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ । कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन् ।
उनीहरूका माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् ।




प्रतिक्रिया