सर्वोच्चले फैसला सच्याउँछ भन्ने विश्वास छः प्रचण्ड

सर्वोच्चले फैसला सच्याउँछ भन्ने विश्वास छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै सर्वोच्च पुगेर पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । प्रचण्डले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले केपी ओलीलाई सहज र आफुलाई असहज परिस्थिति सिर्जना गरेको भन्दै फैसला पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।

उनले भने, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी रहने छैन । त्यसको प्रत्यक्ष प्रभावको भागीदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्छ ।’

उनले अदालतले उक्त फैसला सच्याउँछ भन्ने विश्वास आफुमा रहेका समेत बताए ।