सरकार र रेशम चौधरी पक्षबीच पहिलो चरणको वार्ता सुरु

सरकार र रेशम चौधरी पक्षबीच पहिलो चरणको वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच केहिबेरअघि पहिलो चरणको वार्ता सुरु भएको हो ।

वार्ता टोलीमा सरकारका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थारुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको रहेका छन् ।

कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ । कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन् ।