काठमाण्डु – नेकपा एमालेले जानकीदेवी रामलाई सांसद बनाउने तयारी गरेको छ ।
एमालेले जानकीदेवीलाई प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा निर्वाचित गर्ने भएको हो । रिक्त रहेको समानुपातितर्फ उनलाई सांसद बनाउन लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।
रिजालकाअनुसार केन्द्रीय कमिटीले समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो । सांसद सानु शिवाको निधन भएपछि रिक्त ठाउँमा जानकीदेवीलाई सांसद बनाउन लागिएको हो ।




प्रतिक्रिया