माधव–झलनाथ समूहको निष्कर्षः केपीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे

माधव–झलनाथ समूहको निष्कर्षः केपीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् ।

मंगलबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकपछि नेपाल–खनाल समूहले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आरोप लगाएको हो ।

‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्,’ वक्तव्यमा भनिएको छ ।

ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै नेता भिम रावलले विधान विपरित आयोजक कमिटी बनाएकाले आफूहरू पनि सबै क्षेत्रमा समानान्तर कमिटि बनाउने जानकारी दिए ।