अन्ततः बुढानिलकण्ठबाट निराश भएर फर्किए प्रचण्ड

अन्ततः बुढानिलकण्ठबाट निराश भएर फर्किए प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेपछि खुसी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय जताततै निराश हुने अवस्था सिर्जना हुन थालेको छ ।

तत्कालीन नेकपा विवाद उत्कर्षमा पुगेपछि र सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीका लागि बेला–बेलामा भेटिरहेका छन् ।

हिजो मंगलबार पनि प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उनले देउवालाई आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको भन्दै देउवालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए ।

देउवालाई प्रधानमन्त्री अफर गर्न बुढानिलकण्ठ पुगेका प्रचण्ड अन्ततः निराश भएर फर्किए । यसअघि नै प्रचण्डले डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतलाई पनि प्रधानमन्त्रीको अफर गरिसकेका छन् ।

भेटमा देउवाले जनता समाजवादी दल र माओवादी केन्द्रको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न प्रचण्डलाई आग्रह गरेका थिए । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवाको भनाईलाई उद्धृत गर्दै एक नेताले भने, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’

ती नेताका अनुसार ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको देउवाले बताएका थिए । देउवाले प्रचण्डलाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि प्रचण्डले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताएका थिए ।