रेशम चौधरीलाई माफी दिन लागेकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

रेशम चौधरीलाई माफी दिन लागेकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई कैलालीको टिकापुर हत्या काण्डमा माफी दिन नमिल्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले अदालतबाट सजाय पाएका चौधरीलाई छोड्न नमिल्ने बताएकी हुन् ।

‘टीकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई अहिले सरकारले माफी दिने भन्ने कुरा आएको छ’, सांसद पौडेलले भनिन्, ‘यसबारे सरकारको धारणा स्पष्ट गर्नको निम्ति सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले टीकापुर घटनामा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको बताउँदै अत्यन्त बर्बर, अमानवीय र जघन्य हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने बताइन् ।

‘यो हत्याकाण्डलाई लिएर अहिले राजनीतिक कार्य भनेर माफी दिनु कदापि सही हुन सक्तैन’, पौडेलले भनिन्, ‘यसप्रकारका कारबाहीलाइृ हेर्दा राजनीतिक मुद्दा भनेर आइरहेको छ यसलाई सही भन्नु आवश्यक छैन् । सरकारमा जाने विषयमा चौधरीलाई माफी दिने कुरा आइरहेको छ । यसो भए कानूनको अवहेलना हुनेछ । यसले देशमा नराम्रो नजिर स्थापित गर्नेछ । टिकापुर घटनाका दोषीलाई कानून बमोजिम कडा कारबाही गर्नुपर्छ । ’

जनता समाजवादी पार्टीले आफ्ना सांसद रेशम चौधरीलाई बनिासर्त रिहा गरे सरकारलाई समर्थन गर्नै अडान लिएको छ । सरकारले जसपाका माग पूरा गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिति बनाएको छ ।

जसपाका माग पूरा गर्नका लागि सरकार र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री बादलको संयोजक रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् ।

यता थारुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको रहेका छन् ।