काठमाण्डु – काठमाण्डु उपत्यकासहितका विभिन्न जिल्लाहरुमा बुधबार साँझ हल्का वर्षा भएको छ । उपत्यकासहित पूर्वी र मध्य पहाडमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हल्का वर्षा भएसँगै वायु प्रदुषण केही कम हुने विभागले जनाएको छ । विभागकाअनुसारआज ठूलो वर्षाको सम्भावना छैन् । महाशाखाका अनुसार काठमाण्डु उपत्यकासहित गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।




प्रतिक्रिया