काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बालुवाटारमा बस्दै आएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने स्रोतले जानकारी दियो । स्रोतकाअनुसार बैठकमा विभिन्न मन्त्रालयहरुका एजेण्डाका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले केहीसमय अगाडि पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका थिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि उनले नियमित काम कारबाही सिंहदरबारबाट सञ्चालन गर्ने भएका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण गरेको थियो । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।




प्रतिक्रिया