सरकारलाई हाम्राे समर्थन छैन, चिठ्ठी लेख्न मात्रै बाँकी छ : नारायणकाजी श्रेष्ठ

सरकारलाई हाम्राे समर्थन छैन, चिठ्ठी लेख्न मात्रै बाँकी छ : नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अझै केही दिन सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थनबारे एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय लिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन् । प्राविधिक रुपमा यो सरकारलाई पत्र लेख्न मात्रै बाँकी रहेको छ । सबै राजनीतिक पार्टीहरुलाई हामीले प्रष्टसँग कुरा राख्न भनिरहेका छौं’, उनले भने ।

उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने छुट सबै राजनीतिक दलहरुलाई रहेकोसमेत स्पष्ट पारेका छन् ।