काठमाण्डु – डिशहोमले नेपालीहरुका विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ ।
आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।
यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अपगर्नु पर्नेछ ।
साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।
लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको क्यास आइडीको आधारमा गरिनेछ ।
लक्की ड्रको सुरुवात २६ चैत देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ ।
सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वाडिश होम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्तगर्न सक्नेछन् ।




प्रतिक्रिया