काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीमा इमान्दार नेतामाथि कारबाही गरेर मुर्ख र भ्रस्टहरु पुरस्कृत भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही गरेपछि नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकालः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ’, उनले भनेका छन्, ‘मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021




प्रतिक्रिया