प्रचण्डप्रति सूर्य थापाको सहानुभूतिः सम्हालिएर राजनीति गर्नुहोस्

प्रचण्डप्रति सूर्य थापाको सहानुभूतिः सम्हालिएर राजनीति गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति सहानुभूति प्रकट गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा बदरको फैसला पुनरावलोकन नहुने सर्वोच्च अदालतको निर्णयपछि थापाले सम्हालिएर राजनीति गर्न आग्रह गरेका छन् । उनले सर्वोच्चको फैसलापछि लड्डु खाएर उल्लास मनाउने परम्परा नभएको र पुनरावलोकनको रोइलो सकिएको बताए ।

‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै । तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ’, उनले भने, ‘निवेदक महोदयप्रति सहानुभूति चाँही छ– सम्हालिनुहोस् र राजनीति गर्नुहोस । राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ । आफैंले भाँड्न चाहेको एकता कति प्यारो ?’