काठमाण्डु – यातायात व्यवस्था विभागले परिमार्जित ‘सवारी चालक अनुमतिपत्र निर्देशिका, २०७७’ जारी गरेको छ । विभागले केही नियम परिवर्तन गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ ।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ ।
अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ ।
नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेडका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ ।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी ५–५ अंकका जम्मा २० वटा प्रश्न सोधिनेछ । लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ । लिखित परीक्षामा न्यूनतम ८० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ ।
मोटरसाइकल तथा स्कुटर चालकले प्रयोगात्मक परीक्षाको लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ । जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ ।
यस्तो छ पूर्णपाठ





प्रतिक्रिया