काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा स्थानीय वायुकाे प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।




प्रतिक्रिया