काठमाण्डु – सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना मध्येबाट हुमागाईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा उनलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको स्रोतले जानकारी दियो ।
बोर्डको अध्यक्षका लागि तीन जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।




प्रतिक्रिया