प्रधानमन्त्री र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा पेशी तोकियो

प्रधानमन्त्री र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा पेशी तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले अवहेलना मुद्दामा पेशी तोकेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा पेशी तोकेको हो ।

अवहेलना मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा तोकिएको छ । गत माघ १३ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए ।

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दायर भएको छ ।