काठमाण्डु – प्रधानमन्त्री कार्यालयको भवनमा गृहमन्त्रालय सर्ने भएको छ । वैशाख १ गतेदेखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृहमन्त्रालय सर्ने भएको हो ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालय सर्न लागेको भवनको निरीक्षण गरेका छन् ।
२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।
सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुँदै आएको थियो ।
डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ ।




प्रतिक्रिया