कू गर्न खोजेको आरोपमा जोर्डनमा पूर्व युवराजलाई नजरबन्दमा राखियो

कू गर्न खोजेको आरोपमा जोर्डनमा पूर्व युवराजलाई नजरबन्दमा राखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जोर्डन-  सत्ता हत्याउन खोजेको आरोपमा जोर्डनका पूर्व युवराज हम्जा बिन हुसैनलाई नजरबन्दमा राखिएको छ । शनिबार हुसेनको निवासमा छापा हानिएको थियो । उनलाई घरमै बन्धक बनाइएको छ भने नजिकका सडक समेत बन्द गरिएको छ ।

युवराज हुसैनले जोर्डनका राजामाथी भ्रष्टाचार गरेको आरोप लगाउंदै आलोचकलाई नियन्त्रणमा लिने प्रयास अन्तर्गत आफूलाई ‘हाउस अरेस्ट’ गरेको बताएका छन् । उनलाई कसैसंग सम्पर्क गर्न दिइएको छैन । उनले आफ्ना वकिलमार्फत सार्वजनिक गरेको भिडियोमा आफु कुनै विदेशी षडयन्त्रमा समेत नलागेको बताएका छन् ।

कू को आरोपमा उनी निकट अन्य दुई जना उच्च अधिकारीहरुलाई समेत सेनाले पक्राउ गरेको छ । गूप्तचर निकायले कू को सुचना दिएपछि उनको निवासमा छापा हानिएको थियो । सेनाले सुरुमा उनलाई त्यस्ता गतिविधी बन्द गर्न भनेको तर नमानेपछि घरमै नजरबन्दमा राखिएको स्विकार गरिएको छ ।

हुसेनले अहिलेका राजा अब्दुल्लालविरुद्ध कू गर्न खोजेको र त्यसले जोर्डनको सुरक्षा र स्थायित्वलाई कमजोर बनाउने दावी सेनाको छ । बुवाको मृत्युपछि अब्दुल्लाह सन् १९९९ मा जोर्डनको राजा बनेका थिए भने २००५ मा हुसेनको युवराज पद खोसिएको थियो ।