माअ‍ोवादी केन्द्रले गर्‍यो दुई जना सांसदलाई कारबाही

माअ‍ोवादी केन्द्रले गर्‍यो दुई जना सांसदलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका दुई जना सांसदलाई कारबराही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई कारबाही गरेको पत्र पठाएका थिए ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी दिए । प्रदेशसभाको निमावली १९० अनुसार पत्र आएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने उनले बताए । अब उनीहरु सांसद पदबाट निलम्बित हुने भएका छन् ।

माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले एकहप्ता बितिसक्दा पनि स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारवाही गरेको बताए । कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २० जना सांसद छन् ।