सोमबार तपाईंको दिन कस्ताे रहला ? हेर्नुहोस् राशिफल

सोमबार तपाईंको दिन कस्ताे रहला ? हेर्नुहोस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल चैत्र २३ गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल ०५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ ।  माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।