संसद बैठक अगाडि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

संसद बैठक अगाडि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक अगाडि सभामुख अग्नी प्रसाद सापकोटाले छलफल गर्ने भएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अगाडि सवा १२ बजे सभामुख सापकोटाले विभिन्न राजनीतिक दल प्रतिनिधि र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् ।

बैठकमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएको छ ।

यसैगरी सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा शून्य समय  व्यवस्था गरिएको नेपाली कांग्रेसकी सांस्द डा. डिला संग्रौलाले जानकारी दिइन् ।  विशेष समय हटाइएकाे छ ।