वायु प्रदुषणका कारण काठमाण्डु विश्वकै पहिलो प्रदुषित शहर

वायु प्रदुषणका कारण काठमाण्डु विश्वकै पहिलो प्रदुषित शहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वायु प्रदुषणका कारण काठमाण्डु उपत्यका विश्वकै पहिलो प्रदुषित शहर बनेको छ । प्रदुषणका कारण बाक्लो तुवालो लागेकाले सोमबार बिहान काठमाण्डुको एयर क्वालिटी इन्डेक्स ३०० रहेको छ ।

केही दिनदेखि काठमाण्डु उपत्यकासहित देशभरको आकाश धुम्म छ । नत घाम लाग्न नै सकेको छ, न पानी पर्न नै । धुवाँ धुलोका कारण काठमाण्डु विश्वको पहिलो प्रदूषित सहर बनेको हाे । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मान्दछ ।

साेमबार काठमाण्डुसहित देशका अधिकांश सहरमा वायु प्रदुषण खतराको तहमाथि छ । वातावरण विभागको तथ्यांकअनुसार चितवनको सौराहामा एयर क्वालिटी इन्डेक्स ४३७ छ भने ललितपुरको भैंसेपाटीमा २७६ छ । त्यस्तै भक्तपुरमा १९२, टियू कीर्तिपुरमा १९३, नेपालगञ्जमा २९७ र पोखरामा १९२ छ ।

काठमाण्डु वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन् ।

स्वास्थ्यकर्मीहरुले नागरिकहरूलाई विना काम बाहिर ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिईरहेका छन् ।