पाँचौदिन पनि बढ्याे सेयर, १८८ कम्पनीमा हरियाली

पाँचौदिन पनि बढ्याे सेयर, १८८ कम्पनीमा हरियाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार पाँचौदिन सेयर बजार बढेको छ । बुधबार पनि नेप्से २१ अंकले बढेर परिसूचक २६२१मा कायम भएको छ ।

आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको भयो ।

१८८ कम्पनीको मूल्य बढ्दा ८० को घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

उपकार लघुवित्तको मूल्य ५ प्रतिशत बढ्यो भने सगरमाथा जलविद्युत् कम्पनीको ६ प्रतिशतले घट्यो ।

यसदिन बैंकिङ सूचक सबैभन्दा धेरै १. ४५ प्रतिशतले बढ्याे ।

आज बैंकिङसँगै सबै समूहगत सूचक बढेका छन् । विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार ०.८० प्रतिशत बढे ।