कर्णाली सरकारबाट सामूहिक राजीनमा दिने एमालेका मन्त्रीको तयारी

कर्णाली सरकारबाट सामूहिक राजीनमा दिने एमालेका मन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द्सिंह बुढाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

आइतबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले आफूहरुले तत्काल राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रीहरुले मंगलबार बिहानसम्म आफूहरुले गरेका कामको प्रगती विवरणसहित राजीनामाको घोषणा गर्ने मन्त्री रावलले जानकारी दिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहकाअनुसार भोलीको एमाले संसदीय दलको बैठक अगाडि नै मन्त्रीहरुले सामूहिक राजीनामा दिनेछन् । एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।