काठमाण्डु – ओखलढुंगामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मानेभञ्ज्याङ–४ स्थित मंगलबारे हटिया सकेर केत्तुके बजारबाट नेवारेडाँडा जादै गरेको चार जना सवार बोलेरो जिप धुसिनीको अक्करे भिरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ज्यान गुमाउने दुईजना महिला रहेको स्थानिय शिक्षक तिलु प्रसाद धमलाले जानकारी दिए । बोलेरो सडक भन्दा करिब पाँच सय मिटर तल झरेको बताइएको छ ।
बोलेरो चालक घाइते भएका छन् भने ६ वर्षिय बालकलाई उपचारका लागि अस्पताल लाने तयारी गरिएको छ ।
थप विवरण आउँन बाँकी छ ।




प्रतिक्रिया