कर्णाली प्रदेशबाट एमालेका मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेशबाट एमालेका मन्त्रीले दिए सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिएका हुन् ।

आइतबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

केन्द्रमा नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने भएको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २१ सदस्य बहुमत हुन्छ ।

एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १२ सिट मात्र छ ।

र यो पनि

कर्णालीका मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्दै, नयाँ सरकार गठन गर्ने एमालेको तयारी