निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याः उपप्रधानमन्त्री पोखरेल

निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याः उपप्रधानमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताएका हुन् । उनले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको समेत बताए ।

उनले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताए । ‘निजामति प्रशासनभित्रको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तन गर्न नसक्नु । निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन, त्यसैले होला प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए ।ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।