काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाण्डु १३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन् ।
आज देशभर सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय एक छ। देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।




प्रतिक्रिया