सिंगापुर – इन्टेलिजेन्ट आईपी नेटवर्कले उद्योगको लागि नयाँ विषयवस्तु विश्लेषण गर्दै ह्वावे एशिया प्यासिफिक (आईपी) सम्पन्न गरेको छ । तीनदिन दिनसम्म सञ्चालन भएको अनलाइन कार्यक्रममा कसरी डाटा संचार सोलुसनले उद्योगहरूमा डिजिटल परिवर्तनलाई तीव्र पार्दछ भन्ने कुरामा छलफल गरिएको थियो ।
ह्वावेले एशियाप्यासिफिक बजारको लागि इन्टेलिजेन्ट इन्टरनेट प्रोटोकल (आईपी) सोलुसन भर्खरै निकालेको छ । कुल २,४०० भन्दा बढी ग्राहक र साझेदारहरू, एसिया प्यासिफिक क्षेत्रका औद्योगिक विशेषज्ञहरू र प्राविधिक व्यवसायीहरु यस कार्यक्रममा सामेल भएका थिए ।
ह्वावेले कार्यक्रममा यसको क्लाउड वान क्याम्पस सोलुसनका साथै अन्य डाटा सेन्टर नेटवर्क र क्लाउड प्रोडक्टहरू र समाधानहरूमा ध्यान केन्द्रित गरेको थियो । विज्ञहरूले कसरी ह्वावे क्लाउड वान क्याम्पस प्रभावकारी ढंगले खतराहरूबिरूद्ध इन्टेलिजेन्ट सुरक्षा प्रदान गर्न जरादेखिनै समस्याको विश्लेषण गर्दछ भन्ने बताएका थिए ।
यसैबीच, ह्वावे क्लाउड फ्याब्रिकले क्लाउड वान मार्फत थप आईपी इन्टेलिजेन्सतिरको कदमलाई समर्थन गर्दै डाटा केन्द्रहरूलाई इन्टेलिजेन्ट युगमा ड्राइभ गरिरहेका छन् । ह्वावे डाटाकम उत्पादन लाइनका अध्यक्ष केभिन हूले इन्टेलिजेन्ट आईपी नेटवर्कहरू डिजिटल रूपान्तरणको आधार शिला बनिसकेको बताएका छन् ।
उनले डाटाको सहज प्रवाहले डाटा एकत्रिकरणको पूर्ण सम्भावना ल्याईरहेकोे बताए । उद्यमका सेवाहरूको गति बढेसंगै आईपी सेवावाहक, स्थानीय सेवाबाट क्लाउडमा स्विच भएको छ । नतिजा स्वरूपआईपी नेटवर्कहरूले सेवाअनुभव र सेवा विश्वसनीयताको ग्यारेन्टी गर्नै गर्नेहुन्छ ।
क्लाउड क्याम्पस २.०
ह्वावेले क्लाउड क्याम्पस सलुसन २.० लाई प्रस्तुत गरेको छ । जसले क्याम्पस नेटवर्कको विकास इन्टेलिजेन्ट गिगाबिट वायरलेस नेटवर्कबाट ूसबै चीजको इन्टेलिजेन्ट कनेक्टिभिटीू तिर नेतृत्व गर्ने वाचा गरेको छ । त्यस्तै, क्लाउड क्याम्पस एक इन्टेलिजेन्ट नेटवर्क प्लेटफर्म हो, जसले परम्परागत उद्यमहरूका वास्तविक–विश्व चुनौतीहरू सम्बोधन गर्दछ र डिजिटल रूपान्तरणलाई गति दिन्छ ।
एकीकृत प्लेटफर्मले तेस्रो पार्टी एकीकरणको लागि ओपन एप्लिकेसन प्रोग्रामिंग ईन्टरफेसको साथ विविध अनुप्रयोगहरूलाई सक्षम,लचिलो, लागत–प्रभावी र वास्तवमै इन्टेलिजेन्ट क्याम्पस अनुभव प्रदान गर्दछ । यो सोलुसनमा एण्ड–टु–एण्ड सफ्टवेयर–परिभाषित नेटवर्किंग समावेश गरेको छ । जुन सेग्मेन्ट राउटिंग ओभरसंग स्वचालन गरी एकल नेटवर्कको रूपमा अपरेट गरेको छ । जसलाई इन्टेलिजेन्ट संचालन र अनुरक्षणद्वारा समर्थित छ ।
थाईल्याण्डको श्रीनाखरिनविरोट विश्वविद्यालयका असिस्ट्यान्ट प्रोफेसर डा.भट्टीपोन टारटेरसेथले उक्त प्रसिद्ध संस्थाले भोग्नु परेका चुनौतीहरू र ह्वावे सोलुसनहरूले कसरी विभिन्न मुख्य मुद्दाहरूको समाधान गर्न मद्दत गर्यो भन्ने कुराको व्याख्या गरेका थिए ।
एउटा चुनौतीबिग डाटाको थियोः यहाँ, एक ह्वावे डाटा सेन्टरले स्वामित्वको कुललागतलाई तलल्याउनका साथै भविष्यमा थप सोलुसनको विकासलाई मद्दत गरेको थियो ।
विश्वविद्यालयले नेटवर्क पूर्वाधार, सुरक्षा र वायरलेस समस्याहरूको दायरा पनि सामना गरिरहेको थियो । ह्वावे वायरलेस क्याम्पसको कार्यान्वयनले विश्वविद्यालयलाई प्रविधिको प्रयोगले नेट्वोर्क म्यानेज्मेन्ट केन्द्रीकृत गर्नका साथसाथै विद्यार्थीहरूको लागि पूर्ण नेटवर्क कभरेज प्रदान गर्न मद्दत गरेको छ र यसको फलस्वरूप उनीहरूको शिक्षाको गुणवत्तामा सुधार ल्याएको छ ।
क्लाउड फ्याब्रिक ३.०
ह्वावेले क्लाउड फ्याब्रिक ३.० हाइपर–कन्भर्जड सोलुसन पनि सुरू गरेको छ । जुन नेक्स्ट जेनरेशन निर्माणको लागि डिजाइन गरिएको छ । जसमा लसलेस ईथरनेट, पूर्ण–लाइफसाइकल अटोमेसन र नेटवर्क–वाइड इन्टेलिजेन्ट पर्दछ ।
ह्वावे एसिया प्यासिफिक एन्टरप्राइज बिजनेस ग्रुपका चीफ टेक्नोलोजी अफिसर ब्रान्डन वूले भने– ह्वावे एनवीएमइ–ओभर–फ्याब्रिक इन्टेलिजेन्ट लसलेस इथरनेट सोलुसनमा सुधार भएपछिको लागि जीरोप्याकेट लसलेएकल टेक्नोलोजीमा एकीकृत डाटा सेन्टर व्यवस्थापनका लागि मार्ग प्रशस्त भएको छ, जसले फाइबर च्यानलस्टोरेज क्षेत्र नेटवर्कको तुलनामा ब्यान्डविथ दस गुणा सुधार गर्ने छ । यसले अल–फ्ल्याशस्टोरेजको पूर्ण क्षमता ल्याउदछ र ग्राहकहरूलाई लाभदिनलाई कम गरेर साथसाथै दीर्घकालीन विकासलाई समर्थन गर्दछ ।
क्लाउड वान
अन्तमा, ह्वावे एशियाप्या सिफिक आईपी क्लबका र्निवल अन्त्यतिर आइरहँदा, ह्वावेले एक नयाँ राउटर घोषणा गरे । नेटइन्जिन ८००० सरिज । सिरिज राउटर नेटवर्क एक्सेस र एग्रीग्रेसन तहहरूको लागि डिजाइन गरिएको हो भने सिरिज – उद्योगको अग्रणी, अत्याधुनिक प्रविधिको एक श्रृंखलामा आधारित – आईपी ब्याकबोन र डाटा सेन्टर इंटरकनेक्ट नेटवर्कको लागि डिजाइन गरिएको हो ।
ह्वावेको क्लाउड वान सोलुसननयाँ नेटइन्जिन ८००० सिरिज पूर्ण सर्भिस राउटरमा आधारित छ । जसले एसआरभि ६ र नेटवर्क स्लाइसिंग समर्थन गर्दछ र यसले सबै सेवाहरू वहन गर्ने एक एकीकृत आईपीनेटवर्क निर्माण गर्न सम्भव पार्दै विभिन्न सेवाहरूको लागि विभेदित सेवाको स्तर सम्झौताको ग्यारेन्टी गर्दछ ।
निकट सहकार्यको माध्यमबाट ह्वावे र यसका साझेदारहरूले डिजिटल युगमा सफलता लाईड्राइभ गर्दै उद्यमहरूको लागि अधिकइन्टेलिजेन्ट आईपी नेटवर्क सोलुसनहरू प्रदानगर्न जारी राख्नेछन् ।




प्रतिक्रिया