टेक्सासमा मारिएका रमेश थापाको हत्यारा पक्राउ

टेक्सासमा मारिएका रमेश थापाको हत्यारा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको टेक्सासस्थित अष्टिन सहरमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्ने पक्राउ परेका छन् । साउथ इस्ट अष्टिनबाट प्रहरीले पोखराका ३९ वर्षीय रमेश थापालाई गोली हानी हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका पक्राउ गरेको हो ।

अष्टिन प्रहरीले मंगलबार राति गोली प्रहारबाट मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो । पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् ।

घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती आक्रमणकारी गाडी चढेर फरार भएका थिए । बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो ।

आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ ।