काठमाण्डु – भारतमा कोरोना भाइरस संक्रमण दिन–प्रतिदिन भयावह बन्दै गएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पाँचौँ दिन हो । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाखभन्दा बढी निको भएका छन् । संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ ।




प्रतिक्रिया