‘देशद्रोह’ गरेको आरोपमा तीन सैनिकको मृत्युदण्ड

‘देशद्रोह’ गरेको आरोपमा तीन सैनिकको मृत्युदण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद – साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पु¥याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उहाँले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाउनुभएको बताउने गरिएको छ ।-एएफपी