आइतबारकाे मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

आइतबारकाे मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।