म्यानमारमा सेनाबाट एकैदिन ८० जनाको हत्या

म्यानमारमा सेनाबाट एकैदिन ८० जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमारको यंगुन शहरमा थप ८० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ ।

यंगुनको उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ । त्यहाँ अझै धेरै प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने म्यानमारका स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ । म्यानमारमा गएको फेब्रअरी १ मा सेनाले सैनिक शासन लागू गर्दै संकटकाल लगाएपछि प्रदर्शन हुँदै आएको छ ।

दिनहुँ चर्किएको प्रदर्शनमा अहिलेसम्म ६ सय १८ जनाको ज्यान गइसकेको छ । म्यानमारमा आन्दोलन नरोकिएपछि आफ्नो देश छोडेर अरु देशमा जानेहरुको पनि संख्या बढ्दै गएको छ ।