हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रले गरे पूजा अर्चना

हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रले गरे पूजा अर्चना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारमा पूजा अचर्ना गरेका छन् ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा गएका पूर्व राजा शाहले माँ दक्षिणकालीको मन्दीरमा पूजा अर्चना गरेका हुन् ।

उनलाई हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारणसहित पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो ।

तत् पश्चात जलपान गरे पश्चात एउटा सार्वजनिक कार्यक्रममा उनको अभिनन्दन गरिने छ । अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् ।